अखिलेश कुमार यादव -रौतहट-
आज बिश्व १९ औं आत्महत्या रोकथाम दिवश रौतहटको दुर्गा भगवती गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।आत्महत्याको सोच भएको व्यक्तिहरुलाई सहयोग गरौँ तथा १९ औं आत्महत्या रोकथाम दिवश सफल पारौं नाराको साथ् १९ औं आत्महत्या रोकथाम दिवश दुर्गाभगवती गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न भएको छ ।
दुर्गा भगवती गाउँपालिकाको कार्यालय बाट निस्केको रैली पुनः गाउँपालिकाको कार्यालय गंगा पिपरामा गएर कोणसभामा परिणत भएको दुर्गाभगवती गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
१९ औं आत्महत्या रोकथाम दिवशको अध्यक्षता गर्नु भएको दुर्गाभगवती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रमानन्द पाठकले बिश्वमा नै आत्महत्याको घटना दिन प्रतिदिन बढीरहेको र आउदो दिनमा आत्महत्या गर्ने सोच सोच राखेको मान्छेको दिमाग बाट आत्महत्या गर्ने सोच बाहिर निकाले पछि मात्र आत्महत्याको रोकथाम हुन् सक्ने प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठकले बताउनु भएको छ ।
आत्महत्याको प्रयाश गर्ने व्यक्तिलाई आफ्नो तर्फ बाट समझाई बुझाई आत्महत्या गर्ने सोच त्यस्ता व्यक्तिको दिमाग बाट निकाल्नको लागि वहाले त्यहा उपस्थित सबैमा अनुरोध गर्नु भएको थियो ।उक्त कार्यक्रममा गाउँपालिकाको कर्मचारी लगाएत दर्जनौ व्यक्तिको उपस्थिति रहेको थियो ।











