sf7df8f}F, !@ h]7M k|ltlglw;ef a}7sdf cWoIf cf]nL g]skf -Pdfn]sf_ cWoIf s]kL zdf{ cf]nL k|ltlglw;efsf] laxLaf/sf] a}7sdf wf/0ff /fVb} . tl:a/M /Tg >]i7÷/f;;

गोदावरी (कैलाली), ६ चैत |

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर बदनाम गराउन खोजेको आरोप लगाउनुभएको छ । आज प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरर्जस्ती बदनाम गराउन खोजिएको दाबी गर्नुभयो । लामिछानेको सहकारीसँग कुनै सम्बन्ध नभएको भन्दै उहाँले छानबिनमा कुनै प्रभाव नपर्ने जिकिर गर्नुभयो । उहाँले सहकारीपीडितले चाँडै न्याय पाउने समेत उल्लेख गर्नुभयो । कुनै मन्त्री वा सांसदविरुद्ध उजुरी पर्दैमा पद नरहने भए मन्त्री र सांसद सबै खाली हुने अवस्था हुने थियो। उहाँले प्रदेश सरकारको भागबण्डा र कम्युनिष्ट पार्टीबीचको एकीकरणबारे अनुमानका भरमा प्रतिक्रिया दिन नहुने टिप्पणी गर्नुभयो । सोमबार एमाले डडेल्धुराको नवौँ अधिवेशन उद्घाटन गरेर धनगढी आइपुग्नु भएका ओली आज काठमाडौँ फर्कनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here