रौतहट – बिगत केहि दिन पहिला परेको अविरल बर्षाको कारणले माधवनारायण नगरपालिकाको सखुअवामा केहि घरमा क्षति पुगेको खबर थाहा पाए पछि माधवनारायण नगरपालिकाको नगरप्रमुख बिरेन्द्र यादवले बर्षामा क्षति भएको घर परिवारलाई प्रति परिवार १४ थान जास्ता पाता शुक्रवार वितरण गर्नु भएको छ ।

नगरप्रमुख यादवले पिडितको गुनासो आए पछि आफु स्थालाहत अनुगमनमा गई बर्षाको कारण क्षति पुगेको गहरको परिवारलाई बस्न समस्या भईरहेको हेरेर तुरुन जास्ता पाताको व्यवस्था मिलाएर पिडित परिवारलाई उपलब्ध गराउन सफल हुनु भएको छ । तत्काल आफुहरुलाई बस्नको लागि जास्ता पाता उपलब्ध गराएको प्रति पिडित परिवारले मेयर यादवलाई धन्यावाद समेत ज्ञापन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here