रौतहट- रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाका नगरप्रमुख गोपाल राय यादव ले शुक्रबार एक कार्यक्रमका बिच पूर्ण खोप नगरपालिका घोषणा गरेका हुन् ।
यसै का साथ रौतहट जिल्ला भित्र घोषणा गर्ने पालिकाहरु मध्य फतुवा विजयपुर सातौ पालिका भएको छ । नगरपालिकाका वडामा जन्मेदेखि २३ महिनासम्मका बालबालिकाहरुलाई दिईने १३ थरीका विभिन्न खोपहरु लगाईसकेको हुँदा पूर्ण खोप नगरपालिका घोषणा गरिएको नगरप्रमुख यादवले बताए ।
पूर्ण खोप नगरपालिका घोषणा समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख राम एकवाल राय यादव ज्यु रहेका थिए भने विशिष्ट अतिथि को रूपमा जिल्ला खोप इन्चार्ज अनिल लाल कर्ण रहेका थिए ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख यादव ले खोप अभियानलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्वयमसेविकाहरुप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि खोपलाई निरन्तरता दिएर बालबालिकाहरुलाई निरोगी बनाउनुपर्नेमा नगरप्रमुख यदवले जोड दिए ।
सो कार्यक्रममा फतुवा बिजयपुर नगरपालिकाकी उपमेयर कान्ति देवि, श्री मा. वि बिजयपुर का प्रधानाध्यापक सुदामा राय यादव,इलाका प्रहरी कर्यलाय बिजयपुर का प्रहरी निरीक्षक बिष्णु वि.क, शस्त्र प्रहरी बल तर्फका इंस्पेक्टर सप्रनि अगम राई, त्यस्तै स्वयमसेविकाहरु लगायत जनप्रतिनीधिहरुको उपस्थिती रहेका थिए ।








