रौतहट १८, भाद्र  ।

भारतबाट अवैध रुपमा ल्याएको सामान रौतहट प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बंकुल र अस्थाई प्रहरी पोष्ट लौकाहाबाट खटिएको संयुक्त टोलीले शुक्रबार रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ७ भकुवा खोला स्थितबाट अवैध रुपमा लत्ता कपडा लोड गरी ल्याएको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीको गस्ती टोलीलाई देखेर सामान छाडेर भागेपछि, बेवारिसे अवस्थामा उक्त सामान बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको सामानको मूल्य करिब १ लाख ३३ हजार ५ सय ९० रुपैयाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बरामद भएको सामानलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here