वीरगंज : वीरगंजमा ग्यास बुलेटको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ। वीरगंज महानगरपालिकाको वडा नम्बर २५ ड्राइपोर्टमा भारतीय नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको हो।

ड्राइपोर्टबाट निस्किएको एनएल ०१ एबी ४३७३ नम्बरको ग्यास बुलेटले बहुअरी चौकमा ठक्कर दिँदा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ पिपरा निवासी ३० वर्षीय लालबाबु साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।

ड्राइपोर्टबाट निस्किरहेको ग्यास बुलेटले मंगलवार दिउँसो १२ बजे तिर बहुदरमाईबाट साइकलमा बीरगंज आउने क्रममा ड्राइपोर्ट बहुअरी चौकमा पछाडिबाट साहलाई ठक्कर दिएको स्थानीय प्रत्यदर्शीहरुले बताएका छन्।

मृतकको शव परीक्षणको लागि वीरगंजस्थित नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। ठक्कर दिने ग्यास बुलेट र चालक ललन कुमार रामलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here