असार ३ गते ।
चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले आफनो नगर क्षेत्रको बिद्यालयहरुको भौतिक पुर्वाधारको बिकाश र गुणस्तर शिक्षाको लागी नगरपालिका सधै सहयोग गर्न तयार रहेको बताएका छन । शुक्रबार चन्द्रपुर नगरपालिकाको वाड नं. २ महेन्द्र माबिको ४ कोठे भवनको उदघाटन गदै नगर प्रमुख काफलेले यस्तो बताएका हुन । समाजको बिकाश गर्ने अभिन्न अंग शिक्षा नै भएको हुदा बिद्यालयमा आवश्यक भौतिक पुर्वाधार तथा शैक्षिक गुणस्तरको लागी जुन सुकै समय पनि सहयोग गर्न सकिने नगर प्रमुख काफलेले बताए । महेन्द्र माबिमा कम्पाउण्ड पर्खाल अति आवश्यक देखिएकोले त्यसको लागी नगरपालिका सहयोग गर्न तयार रहेको समेत नगर प्रमुखले प्रतिबद्धता जनाएका छन ।
नगरका अन्य बिद्यालयहरुमा पनि अत्यावश्यक कुराहरुको ब्यबस्थापनको लागी नगरपालिका लागि गर्ने उनले बताए । यसैगरी नगर उप प्रमुख जयमाला चौधरीले पनि शिक्षाको बिकाशको लागी सदैब तयार रहेको बताएकी छिन । त्यस्तै चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सिग्देलले चन्द्रपुर नगर क्षेत्रको शिक्षाको बिकाशको लागी नगरपालिकाले सहयोग गरिराखेको र आउदा दिनहरुमा पनि सहयोग गर्ने बताउनु भएको छ ।
सो बिद्यालयकी प्राचार्य कमला थापाले भवन निमार्णमा सहयोग गर्नु हुने सबैलाइ धन्यवाद दिनुभएको छ । अझै पनि यस बिद्यालयका अन्य भवनहरु जिर्ण बन्दै गएको हुदा नया भवन निमार्णको लागी सहयोग गर्न जनप्रतिनिधिहरुलाइ प्राचार्य थापाले आग्रह गर्नुभयो । बिगतको तुलनामा यस बिद्यालयमा भौतिक पुर्वाधार तथा शैक्षिक गुणस्तरको लागी धेरै काम भइसकेको र आउदा दिनहरुमा अझ काम गरेर देखाउनु पर्ने चुनौती आफुमा रहेको उहाले बताउनु भयो । बिद्यालयमा शैक्षिक योग्य शिक्षक भर्ना देखी बिद्यालयमा बिज्ञान प्रयोगशालाको ब्यबस्था गरेको उहाले जानकारी दिनुभयो । अझै यस बिद्यालयमा बालमैत्री शौचालय,कम्पाउण्ड वाल लगायतको काम बाकी रहेको उहाले जानकारी दिनुभएको छ ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष संजिब कुश्वारले महेन्द्र माबि रैयाटोललाइ नमुना बिद्यालयको रुपमा बिकाश गदै लाने योजना रहेको जानकारी दिनुभएको छ । गुणस्तरी शिक्षाको लागी शिक्षक भर्ना देखी भौतिक पुर्वाधारका बिकाशका कामहरु भइरहेको उहाले जानकारी दिनुएको छ ।
नव निर्मित दुई तल्ले ४ कोठे भवन चन्द्रपुर नगरपालिकाको सहयोगमा निमार्ण भएको हो । उक्त भवन निमार्णमा ४० लाख १६ हजार ९ सय ३१ रुपैयामा लागेको सो बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष संजिब कुश्वारले जानकारी दिएका छन ।
चन्द्रपुर नगरपालिकाबाट ३६ लाख र समुदायबाट ४ लाख १६ हजार ९ सय ३१ रुपैया लागेको अध्यक्ष कुश्वारले बताए ।








