पाल्पा,३,असार ।

जिल्ला समन्वय समिति पाल्पाको प्रमुखसहित सबै पदमा नेकपा एमालेको प्यानल विजयी भएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले दिएको जानकारी अनुसार जिल्ला समन्वय समितिको प्रमुखमा टंकनाथ खनाल तथा उपप्रमुखमा काशिका ज्ञवाली गैरे निर्वाचित भएका छन् ।यस्तै सदस्यहरुमा वसन्ता ज्ञवाली, केशमाया सुनार,( दलित महिला दसस्य) विष्णुकुमारी कँडेल घिमिरे, केशबराज खराल, भविसरा सारु (महिला सदस्य), रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित भए । निर्वाचित सबै पदाधिकारीले ११ मत ल्याएका छन् । गठबन्धन दलको तर्फबाट उम्मेद्वारी दिएका उम्मेदवारहरुले ९ मत ल्याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here