टोकियो पाराओलम्पिक– २०२० को जापानमा औपचारिक रूपमा उद्घाटन गरिएको छ । यस प्रतियोगितामा कुनै पनि दर्शक उपस्थित हुने छैनन् । कोरोना महामारीका कारण खेल बिना दर्शक खेलाउनु परेको हो । भर्खर्रै ३२ औँ संस्करणको ग्रिष्मकालीन ओलम्पिक सम्पन्न भएको टोकियोमा कोरोनाको संक्रमण फैलिएको थियो । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले पाराओलम्पिकमा दर्शकलाई प्रवेश निषेध गराइएको हो । सेप्टेम्बरम ५ सम्म चल्ने प्रतियोगितामा १६३ देशले सहभागिता जनाएका छन् । विश्वभरबाट चार हजारभन्दा बढी खेलाडीले २२ खेलको ५३९ विधामा सहभागिता जनाउने छन्।खेलमा अफगानस्तान भने सहभागी रहेको छैन । तर उद्घाटन समारोहको मार्च पासमा भने अफगानिस्तानको झण्डा पनि देखिएको थियो । नेपालका तर्फ पनि पलेसा गोवर्धनले यस पारा ओलम्पिकमा भाग लिएकी छिन् । उनले तेक्वान्दोको ५८ केजी मुनिको विधामा भदौ १८ मा प्रतिस्पर्धा गर्नेछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here