अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका प्रमुखले तालिबानका नेतासँग गोप्य भेट गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।तर तालिबान र सीआईए कसैले पनि विलिअम बर्न्स र मुल्लाह बरादरबीच भएको भनिएको भेटबारे पुष्टि गरेका छैनन् । अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ भित्र अमेरिकी सेनाले अफगानिस्तान छोडिसक्न समयसीमा तोक्नुभएको छ ।तर, बेलायतसहित अन्य साझेदार राष्ट्रले उक्त समयसीमा लम्ब्याउन चाहेका छन् । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी आक्रमण भएपछि अमेरिकी सेनाले अफगानिस्तानमा आक्रमण गरेको थियो ।त्यतिबेलादेखि नै अमेरिकी सेनाको अफगानिस्तानमा उपस्थिति छ ।

यो कुरा पुष्टि भयो भने अगस्ट १५ मा तालिबानका लडाकुहरूले काबुल कब्जा गरेपछि अमेरिका र तालिबानबीच भएको यो नै सबैभन्दा माथिल्लो तहको भेटघाट हुनेछ ।तालिबान काबुल पुगेपछि अफगान राष्ट्रपति विदेश पलायन भएका थिए भने अन्तर्राष्ट्रिय समर्थनप्राप्त सरकार धराशायी भएको थियो ।काबुल छोडेर हजारौं विदेशी तथा अफगान नगारिकहरू विदेश जान खोजिरहेको बेला अहिले झन्डै ५,८०० अमेरिकी सैनिकले काबुल विमानस्थलमा सुरक्षा प्रदान गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here