सिरहा ११ पौष ।
गोलबजार नगरपालिका(३ गोलामुक्सारमा लुकाएर राखिएको सखुवाको काठ बरामद गरिएको छ
सव डिभिजन वन कार्यालय गोलबजार चोहर्वाले लुकाई छिपाई राखेको अवस्थामा राखिएको ४० थान सखुवाको काठ बरामद गरेको हो ।
सव डिभिजन वन कार्यालयका फोरेष्टर कासिन्दर यादवका अनुसार पुरानो जस्तो देखिने सखुवाको काठ लुकाएर राखेको सुचना पाए लगतै वन कर्मचारी त्यहाँ पुगेका हुन् । नियन्त्रणमा लिएको काठ आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय सिरहा लहानमा पठाइएको छ।
यादवकाअनुसार काठ कसले के प्रायोजनको लागि त्यहाँ राखेको भन्ने अझै खुलेको छैन वन कार्यालय पुगेर नाप जोख गरेपछिमात्रै यसको परिमाण भन्न सकिने बताए ।






