अखिलेश कुमार यादव । गौर- प्रतिबन्धित भारतीय नोटसहित रौतहटबाट २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गौर नगरपालिकाको वडा न ४ टिकुलियाको अन्दाजी ३० बर्षको सुखादी सहनी र गरुडा नगरपालिका वडा न १ जयनगरको अन्दाजी ३५ बर्षको अनिल भन्ने बिकाश साह रहेको छ ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई सिमा प्रहरी चौकी बंजराबाट खटीएको प्रहरी चेकिङ टोलीले सवारी तथा पैदल यात्रुहरुलाई चेकजाँचको क्रममा नेपाल भारत सिमाबाट नेपाल तर्फ आउदै गरेको बा ३९ प १६९१ नं.को मोटरसाईकललाई रोकी चेक जाँच गर्दा श्रोत नखुलेको भारतीय रुपैयाँ १, ८३,५००। ( एक लाख त्रिरासी हजार पाँच सय मात्र ) बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहट प्रहरी नायब उपरीक्षक नारायाण प्रसाद चिमोरियाले जानकारी दिनु भएको छ ।May be an image of money

ठप्प अनुसनाधानको लागि फेला परेको भारतिय रुपैया, मानिस र मोटरसाईकल समेत आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको प्रहरी नायब उपरीक्षक चिमोरियाले जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here