काठमाडौं : नेपाल बार एसोसिएसनको परिसमा अधिवक्ता भूमिनन्द चुडाँल कुटिएका छन्। उनलाई अर्का अधिवक्ता विराट न्यौपानेले पिटेका हुन्। इजलास सुचारु हुनुपर्ने र न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएपछि आफूलाई पिटेको चुडालले बताएका छन्।
‘मिडियामा न्यायालय विरुद्धमा किन बोलिस र द्वन्दकालका मुद्दा किन हेरिस भन्दै हात हाले मेरो कोट पनि च्यात्तिएको छ। बहस गर्न आएको थिएँ। अब म कानुनी प्रक्रियामा जान्छु,’ चुडाँलले भने। कुटपिटमा उत्रने दुबै कांग्रेस निकट डेमोक्रेटिक लयर्स् एसोसियनमा आवद्ध छन्।साभार पहिलोपोस्ट








