असार ७,काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) विवादबारे निर्वाचन आयोगले निर्णय दिने तयारी गरेको छ । पार्टीको आधिकारिकतासम्बन्धी विवादमा केन्द्रीय कार्यकारिणी समितिको बहुमत अल्पमत हेरेर आयोगले आज निर्णय गर्ने तयारी गरेको हो ।राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेका पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ । आयोगको कानुन महाशाखा स्रोेतका अनुसार दुवै पक्षले बुझाएको सक्कल कागजातकै भरमा फैसला लिन आयोगलाई कठिनाइ परेको छ ।
आयोगले दुवै पक्षको बहस टुंग्याउने लक्ष्य राखेको छ । दुवै पक्षका ३/३ जना कानुन व्यवसायीलाई आयोगले बहसका लागि २/२ घण्टाको समय निर्धारण गरेको छ । आयोगका अचिव सुरेश अधिकारीका अनुसार दुवै पक्षको कुरा सुनेर आजै केही आदेश आउन सक्नेछ ।
जसपामा कार्यकारिणी समितलिाई लिएर पनि विवाद छ । जसपा दर्ताका समयमा ५१ सदस्यीय कार्यकारिणी समिति आयोगको अभिलेखमा छ । उपेन्द्र यादव पक्ष त्यसैलाई मान्यता दिनुपर्ने अडानमा छ । तर महन्थ ठाकुर पक्षले पुस ७ गते थपिएको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने बताएको छ ।