रौतहट १६ असार ।
सप्तरीमा बालिका अपहरण गरेको आरोपमा एक व्यक्तिलाई कारागार चलान गरिएको छ।सप्तरी जिल्ला अदालतका न्यायाधीश ईश्वरमणि ओझाको इजलासले सोही जिल्लाको राजविराज २ घर भई हाल सुनसरीको भण्टाबारीमा बस्दै आएका ३५ वर्षीय नवीन देवलाई पुर्पक्षका लागि मंगलबार राजविराज कारागार चलान गरिएको हो ।उनले गत जेठ २० गते १४ वर्षीया बालिकालाई ‘म तिम्रो बुवाको साथी हूँ’ भन्दै ललाइफकाई गरि मोटरसाईकलमा लिएर फरार भएका थिए । बालिका रातिसम्म घर नआएपछि आफन्तहरुले बालिका हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।बालिका हराएको खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय रुपनीबाट खटिएका टोलीले आरोपीलाई १५ मिनेटमा नै हिरासदमा लिई बालिकालाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।






