रौतहट १६ असार ।
बारामा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराका २२ वर्षीय राजन श्रेष्ठ रहेका छन्। वीरगञ्जबाट सिमरा जाँदै गरेको बा ०३ ००१ ख ११२७ नम्बरको ट्रकले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ शान्तिचोकमा श्रेष्ठलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here