रौतहट १६ असार ।
लागूऔषध गाँजासहित पर्साबाट दई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नम्बर ५ बस्ने १९ वर्षीय सोनालाल प्रजा र ३९ वर्षीय बिरबहादुर प्रजालाई ४० किलो गाँजा सहित नियन्त्रणमा लिएको हो। पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।गाँजा तस्करी भइरहेको बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलबाट गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताएका छन्। पिठ्यूँमा नै बोकी ल्याउँदै गरेको ३ वटा बोरामा ४० किलो गाँजा बरामद भएको प्रवक्ता खनालले जानकारी दिएका हुन्। गाँजासहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको खनालले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here