रौतहट २८ जेष्ठ ।
नेपाल लगाएत विश्वभरी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोराना भाइरस कोभिड १९ को संक्रमण यस जिल्लाका विभिन्न स्थानहरुमा तीव्र रुपमा बढ्दै गईरहेकोले उक्त संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपालको छिमेकी मित्रदेश चीनको विकास र शान्तिको निम्ति चीनको संस्था (China Foundation for Peace and Devlopment)
संस्थाबाट नेपाल मजदुर किसान लाई प्राप्त १ लाख मास्क मध्ये २ हजार थान मास्क आज शुक्रवार जिल्ला अस्पताल गौरको प्राङ्गणमा जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्ण साहको रोहबरमा हस्तान्तरण गरिएको हो ।
२०७८ जेठ १९ गते नेपाल मजदुर किसान पार्टीलाई प्राप्त १ (एक) लाख थान मास्क विभिन्न जिल्लाका अस्पताललाई वितरण गरिदै आएको हो । मजदुर किसान पार्टीका रौतहट जिल्ला कार्यकर्ता प्रतिनिधि स्वामी सम्राट, बुलेट राजा, केन्द्रिय सदस्य सरोज साहको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here