बारा २८ जेष्ठ ।
जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय प्रसौनबाराबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बारा बिश्रामपुर गाउँपालिका वडा नं.३ बलिरामपुर टोल स्थित नेपाल भारत सिमानाको दशगाजामा शुक्रबार बिहान ९:०० बजे तिर बिश्रामपुर गाउपालिका वडा नं.२ बस्ने सागिर हुसेनको छोरा वर्ष ३५ को सकिल हुसेनले ना.४ त ३७२६ नम्बरको ट्रेक्टरको टेलरमा ५०० लिटर डिजेल लोड गरी चलाई नेपालबाट भन्सार छलि चोरी निकासी गरी भारततर्फ लगिरहेको अवस्थामा फेला पारी डिजेल सहितको उक्त ट्रेक्टर बरामद गरी भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार मुल्य अनुसार ट्रेक्टरको मुल्य रू.८,००,०००।- र डिजेलको रू.५३,५००।-गरी कुल जम्मा रू.८,५३,५००।-(आठ लाख त्रिपन्न हजार पाँच सय) कायम गरि मुल भन्सार कार्यालय बिरगंज पठाईएको बारा प्रहरीले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here