रुपन्देही २८ जेष्ठ ।
सामुदायिक वनमा बाख्रा चाराउन गएकी एक महिला बलात्कृत भएकी छिन् । ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका–२ उछीटिया बस्ने २६ वर्षीय छेत्र बहादुर थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सैनामैना नगरपालिका–२ स्थित सैनामैना सामुदायिक वनमा बाख्रा चाराउन गएकी ती महिलालाई जंगलमा च्याउ खोज्न गएका छेत्र बहादुरले जबरजस्ती करणी गरेको तथा सैनामैना नगरपालिका–२ सोरौली बस्ने २१ वर्षीय सन्तोष रानाले जबरजस्ती करणीको प्रयास गरेको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here