रौतहट २८ जेष्ठ ।
रौतहट जिल्लाको बौधीमाई नगरपालिका इनर्वामा नगर प्रमुख यादवद्वारा चार कोठे विधालय भवनको शिलान्यास भएको छ । बौधीमाई नगरपालिकामा मेयर राजीव रंजन यादवले विकासको लहर लेयाएका छन । एक पछि अर्को गरेर नगरपालिका भरि नै विकासकाविभिन्न योजनाहरु लेयाएर मेयर यादव सम्मान सफल भएका छन । हामीले गरेको बिकासका कार्यहरुबाट हाम्रा सम्पूर्ण जनताले प्रत्यक्ष लाभ उठाउने, तथा सम्पूर्ण जनता संतुष्ट हुने खालका विकासको कार्य तर्फ आफु लागि परेको मेयर यादवले बताएका छन् । नगरपालिका भरि गरिने विभिन्न विकास कार्यहरु मध्ये शुक्रबार नगरपालिकाको वडा नम्बर २ इनर्वा मा अवस्थित श्री रामजानकी प्राथमिक विद्यालयमा चार कोठे विधालय भवनको शिलान्यास यादव ले गरेका छन् ।नगर प्रमुख यादवको अथक प्रयासले ३२ लाखको लगानिमा शिक्षा बिकास समन्वय इकाई गौर रौतहटको आर्थिक सहयोगमा निर्माण हुन लागेको चार कोठे भवनको निर्माणले विद्यालयमा भएको भौतिक संरचनाको समस्या समधान हुने स्थानीय अभिभावकहरुले बताएका छन । बौधिमाई नगरपालिकाको सम्पूर्ण वडाहरूमध्ये पिछड़िएका वडा नम्बर २ मा विद्यालयको अवस्था अबको आउदो दिनमा सुधार हुने स्थानीय ले बताएका छन् यस्तै नगर प्रमुख यादव ले बौधिमई नगर पालिका मा रहेको सरमुजवा मा समुदाईक भवन को पनि शिल्नयास गरेका छन् उक्त कार्य क्रम मा दर्जनौ नेता कार्यकर्ताहरु लगायत स्थानीय सर्व साधारणहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here