२३ बैशाख सर्लाही । सर्लाहीको पर्सामा करेन्ट लागेर एक महिलको मृत्यु भएको छ । बुधवार साझ पर्सा गाउँपालिका ५ स्थित पिपरा पुल नजिकै करेन्ट लागेर सोही स्थान बस्ने ५२ वर्षीया सेवो देवी पासवानको मृत्यु भएको प्रहरीले जनाएको हो ।

साँझ घाँस काट्न गएकी पासवानलाई बिजुलीको पोलमा अर्थिङ गरेको तारबाट करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पासवानको शव परीक्षणको लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याइएको परिवारको भनाई छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक मदन कुवँरले जानकारी दिए । सर्लाहीको इश्वरपुरमा मंगलबार मात्र करेन्ट लागेर एक मजदुरको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here