२३ बैशाख काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन्।बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकलगत्तै ओली शीतलनिवास पुगेका हुन्।अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल चलिरहेको छ।

यसैबीच, बिहीबार बिहान बालुवाटारमा एमाले स्थायी कमिटी बैठकले बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नो तर्फको उम्मेदवारको जित सुनिश्चित गर्नेगरी छलफल अगाडि बढाउने निर्णय गरेको छ।

बैठकमा जेठ ६ गते हुन गइरहेको निर्वाचनका विषयमा छलफल गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।यो निर्वाचनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउने गरी र जित सुनिश्चित हुनेगरी यसका तयारी गर्नका लागि नेताहरुले विभिन्न सुझावहरु दिनुभएको छ’, उनले भने, ‘हामीले तदनुरुप नै विभिन्न जनप्रतिनिधिहरुसँग कुराकानी गर्ने, कुराकानी अगाडि बढाउने र जितलाई सुनिश्चित हुनेगरी छलफललाई अगाडि बढाउने निर्णय गरेका छौं।’

प्रधानमन्त्री तथा एमाले अध्यक्ष उपनिर्वाचनमा आफ्नो उम्मेद्‌वार भनेर यसअघि रामबहादुर थापा ‘बादल’को नाम घोषणा गरेका थिए। तर, बिहीबारको बैठकपछि भने उम्मेदवार पछि टुंगो लगाउने प्रवक्ता ज्ञवालीले बताए। ‘उम्मेदवारको बारेमा हामी छिट्टै निर्णय गर्छौं’, उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here