रौतहट, २० बैशाख ।
रौतहटमा कोरोना संक्रमित दिन प्रतिदिन बढिरहेको हुदा संक्रमित हरुको उपचारका लागि तत्काल ७१ बेडको कोभिड अस्पताल सञ्‍चालनमा आउने भएको छ। रौतहटको चन्द्रनिगाहापुरमा ४६ बेड र गौर अस्पतालमा १५ बेड सहित कोभिड अस्पताल संचालनमा आउने भएको हो। कोभिड संकट व्यवस्थापन समितिको बैठकले अक्सिजनसहितको एचडीयू बेड, आइसीयू र भेन्टिलेटर समेतको व्यवस्था गरेर अस्पताल सञ्‍चालनमा ल्याउने निर्णय गरेको हो। जिल्ला अस्पताल गौरका प्रमुख डा। कृष्ण साहका अनुसार कोरोना संक्रमितको उपचारका लागि तत्काल १० बेडको आइसीयू, ४ भेन्टिलेटर तथा १५ वटा एचडीयू बेड सञ्चालनमा ल्याइने छ । यस्तै गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताका अनुसार गौर नर्सिङ्ग इन्स्टिच्यूटमा १० बेडको छुट्टै कोभिड अस्पताल सञ्‍चालन गर्ने भएको छ। संक्रमितको चाप बढन सक्ने अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले अस्पताल सञ्‍चालनको तयारी गरेको नगर प्रमुख गुप्ताले बताएका छन्। अस्पताललाई चाहिने आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीहरु करारमा भर्ना गर्न बाटो खुलिसकेकोले तत्काल जनशक्तिको अभाव नहुने उनले दाबी गरेका छन्। जिल्लामा तीन स्थान बाहेक अन्य नगरपालिकाहरुले पनि ५(१० बेडको कोभिड अस्पताल सञ्‍चालनमा ल्याउने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्। तत्कालको लागि सरकारले होम आइसोलेसनको अवधारणा ल्याएकोले सबैभन्दा जरुरी देखिएको स्वास्थ्य सुरक्षाका लागि कोभिड अस्पतालहरुको व्यवस्थापनमा आफूले जोड दिएको यादवले बताएका छन्। यादवका अनुसार अस्पतालमा ३२ बेडको कोभिड वार्ड बनाइएको छ। यस्तै चन्द्रपुर, वृन्दावन, गढीमाई र गुजरा नगरपालिकाले संयुक्त रुपमा चन्द्रनिगाहपुरको शहीद पार्कमा ४६ बेडको कोभिड अस्पताल सञ्‍चालन गर्ने भएको छ। बिरामीलाई कोभिड अस्पतालमा निस्शुल्क उपचारको व्यवस्था रहेको यादवले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here