रौतहट २० बैशाख ।
रौतहटको चन्द्रनिगाहपुरबाट ५ वटा साइकलसहित २४ क्युफिट सालको काठ बरामद गरेको छ। गयराती ८ बजेतिर फरेष्टर सहेन्द्र झाको नेतृत्वमा खटिएको गस्ति टोलीले गैडाटारबाट चादी खोलाको बगर हुदै चन्द्रपुर तर्फ ल्याउदै गरेको अवस्थामा सो काठ बरामद गरिएको हो। बिशेष सुराकीको आधारमा साइकलमा ल्याउदै गरेको चिरान काठ ३२ थान र २४ क्युफिटको सालको काठ बरामद गरेको फरेष्टर झाले बताएका छन् । झाको नेतृत्वमा खटिएको गस्ति टोलीले घेरा हालेर पक्राउ गर्न खोज्दा काठ तस्करहरु फरार हुन सफल भएको छ । बरामद काठ र साइकल आवस्यक कारबाहीको लागि डिभिजन बन कार्यालय रौतहटमा राखिएको सब डिभिजन बन कार्यालय गैडाटारले जनाएको छ।








