धनुषा, ७ माघ ।
धनुषाको विदेह नगरपालिकामा मंगलबार राति डकैती भएको छ । विदेह नगरपालिका– ३ चिकनाका सगमलालको घरमा डेरा गरी बस्ने विजय साहको कोठामा लुटेरा समूहले लुटपाट गरेको हो।
लुटेरा समूहले २ लाख नगद, तीनतोला सुन र ४० तोला चाँदी गरि पाँच लाख रुपैयाँ भन्दा बढीको लुटपाट गरेको दुहबी प्रहरीचौकीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।








