रौतहट २८ मंसिर ।
रौतहटको सदरमुकाम गौरमा राजावादीहरुले आईतबार दिउसो मोटर साईकिल रैली निकालेका छन् ।
राजाआउ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हिन्दु राज्य कायम गर, रौतहटका जनता के भन्छन् राजा आउ त्यही भन्छन् जस्ता नाराका साथ स्थानिय विपी चौकबाट निस्केको सयौं मोटर साईकिल सहितको रैली गौर नगर परिक्रममा गरेको छ ।
विगत केही महिना यता देशको राजधानी लगायत विभिन्न स्थानहरुमा राजावादी संगठनहरुले बर्तमान सरकारको विरोध गर्दै २०४७ को संविधान लागु सहित राजतन्त्र फर्काउन आन्दोलन गरिरहेका छन् ।








