१७ बैशाख ।रौतहट ।
छिमेकी देश भारत संगै नेपालमा पनि तिब्र रुपमा फैलिरहेको दोश्रो लहरको कोरोना भाइरस बाट बचनको लागि बौधिमाई नगरपालिकाले तिब्र रुपमा तयारी अगाडी बढाएको छ ।

पहिलो लहरको कोरोना भाइरस बाट प्रभावित भएको बौधीमाइ नगरपालिकाले दोश्रो लहरको कोरोना बाट आफ्नो नगरपालिका भित्रको जनतालाई बचाउनको लागि आइसोलेशन देखि क्वारेन्टाइन निर्माणको कार्यमा तिब्रता ल्याएको छ ।रौतहटको दोश्रो ठूलो नाकाको रुपमा रहेको बौधिमाई नगरपालिका अन्तर्गत पर्ने बंकुल नाका बाट कामको सिलसिलामा भारत गएको कामदारहरु नेपाल फर्किदा त्यस्ता व्यक्तिहरुको निगरानी देखि लिएर तापक्रम नाप्नको लागि हेल्थ डेस्कको स्थापना समेत बौधिमाई नगरपालिकाले गरेको छ ।

बौधिमाई नगरपालिकाले आफ्नो नगरपालिका भित्र कोरोना भाइरस बाट संक्रमित हुने व्यक्तिहरुलाई सहि उपचार र हेरचाहको लागि ५ बेडको आइसोलेसन सेन्टर समेत निर्माण गरेको छ भने आउदो दिनमा आइसोलेशन सेन्टरमा बेडको संख्या बढाउने लगाएत होम आइसोलेशनमा बस्ने बिरामीहरुको लागि समय समयमा हेरचाह गर्नको लागि चिकित्सक राखिएको बौधिमाई नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत रामेशवर राय यादवले बताउनु भएको छ ।

कोरोनाको पहिलो लहरमा नगरपालिकाको कर्मचारीहरुमा पनि कोरोना संक्रमण पुस्टि भएकोले गर्दा दोश्रो लहरको कोरोना भाइरस बाट बचनको लागि नगरपालिकाले यस पालि बिभिन्न किसिमको सचेतना मुलक संदेश समेत बिभिन्न मिडिया बाट प्रकाशन गरिरहेको छ ।

होम आइसोलेशनमा बस्ने कोरोना भाईर्स बाट संक्रमित व्यक्तिहरुको लागि नगरपालिकाले समय समयमा आवश्यक पर्ने औषधि देखि लिएर कोरोना भाइरस बाट लड्ने खालको खानाको समेत व्यवस्थापन कार्यलाई तिब्र रुपमा गाडी बढाईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here