१६ बैशाख । अखिलेश कुमार यादव । जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति डीसिसिएमसि को बैठकले गरेको निर्णय अनुसार गौर नगरपालिकाले गौर अस्पताललाई साढे पाँच लाखको चेक हस्तान्तरण गरेको छ।
छिमेकी देश भारत लगाएत नेपालमा पनि तिब्र रुपमा फैलिरहेको कोरोना भाईरस बाट संक्रमित बिरामीहरुको उपचारको लागि चाहिने आइसोलेसन, भेण्टिलेटर सहितको वेड, एचडियु, एम्बुलेन्स लगायतको औषधी उपकरण खरिद गर्नका लागि जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति (डीसिसिएमसि)ले गरेको निर्णय अनुसार रौतहटको २ वटा गाउँपालिका सहित १८ वटा स्थानिय तहलाई ५ लाख पचास हजारको दरले गौर अस्पताललाई रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादवलाई बताउनु भएको छ ।
सोहि निर्णयलाई पालना गर्दै गौर नगरपालिकाले आज ५ लाख ५० हजारको चेक गौर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।अब बाकि रहेको १७ वटा स्थानीय तहले रकम उपलब्ध गराए पछि कोरोना बाट संक्रमित भएको बिरामीलाई व्यवस्थापन गरेर कोरोना न फैलिने खालको व्यवस्थापन राख्न सजिलो हुने छ ।