1205778418

काठमाडौं : पछिल्लो २४ घण्टामा ४ हजार ९२८ जनामा कोभिड १९ संक्रमण देखिएको छ। १२ हजार ५९७ जनाको पीसीआर परक्षण गर्दा ४ हजार ८३१ जनामा र ९६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै देशभर कूल संक्रमितको संख्या ३४ हजार ११७ पुगको छ। हालसम्म नेपालमा ३ लाख १७ हजार ५३० जनामा संक्रमण देखिएको छ।

यस्तै, एकैदिन ३५ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणका कारण ३ हजार २४६ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ८८८ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here