परापूर्वकालदेखि नै कमला नदीमा स्नान गरेर कमलेश्वरी माताको शुक्रबार पूजा अराधना गर्ने गरिन्छ ।धनुषा–सिरहासंग जोडिएको कमला नदीमा स्नान गर्न दुरदराजबाट समेत श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्छ ।कार्तिक पुर्णिमाको अवसरमा नयाँ सिकारी धामी झाँक्रीहरु आ–आफ्ना गुरुबाट दिक्षा लिई कमला नदीमा स्नान गरी कमलेश्वरी माताको पूजा अराधना गरी देउता अर्थात भूत खेल्ने धार्मिक परम्परा रहेको छ । त्यसैले यसलाई देवमेलासँगै भूत मेला पनि भन्ने चलन छ सो दिन कमला नदीमा लाग्ने मेलामा हजारौँको संख्यामा धामी झाँक्रीहरुसमेत सहभागी हुने गरेका छन् ।यस मेला सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुरलगायत जिल्लाका लाखौं मानिस कमला नदीमा स्नान गर्न श्रद्धालु भक्तजनहरु आउने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here