७ बैशाख- बीरगन्ज,

१९ किलो गाँजासहित बीरगन्ज महानगरपालिका वडा नं. १३ मुर्लीका उमर अन्सारी पक्राउ मंगलबार पक्राउ परेका छन् ।प्रहरीले अन्सारीलाई बीरगन्ज वडा नं. १५ बाईपास रोडमा चेकजाँचको क्रममा सो परिमाणको गाँजासहित पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बाईपास सडक खण्डमा ना ३८ प ६२२६ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकलको लेगगार्डमा झुण्ड्याइएको दुई वटा कालो झोला चेकजाँच गर्दा १९ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

गाँजासँगै सो मोटरसाईकल र चालक अन्सारीलाई पनि नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here