नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले तीन सातादेखि शिक्षकहरु आफ्ना आवाज सडकमा उठाइरहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सडकमा उठिरहेका आवाजहरुलाई दुई तिहाईको शक्तिशाली भनेको सरकारले केही पनि नदेखेको बताएका हुन् ।
उनले भने, ‘सडक आन्दोलित छ । शिक्षकहरु तीन साता भन्दा बढी समयदेखि राजधानीका सडकमा छन् । भूमीहिन मिटरव्याजी पीडितत, आवासीय चिकित्सक सबै आफ्ना आवाज सडकमा उठाइरहेका छन् । तर दुई तिहाईको शक्तिशाली भनेको सरकारले केही पनि देखेको अवस्था छैन् । उल्टै शिक्षकका मागहरु सम्बोधनका लागि सकारात्मक पहल गरेको आधारमा शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य पारिन्छ ।’
साथै उनले मुलुकमा लोडसेडिङ युगको अन्त्य गर्न भूमिका खेलेका विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई बर्खास्त गर्न दुई तिहाइको सरकारले शक्ति खर्च गरेको बताए । उनले मुलुकको अर्थतन्त्र सुधार, रोजगारी सिर्जना, जनताका जायज आवाज र असन्तुष्टिको सम्बोधनमा सरकार कतै नलागेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here