रौतहट ७ बैशाख ।
नागरिकको व्यक्तिगत घटना तथा समाजिक सुरक्षा, तिनै तहको सरकारको अभियान अन्तर्गत व्यक्तिगत घटना दर्ता शिविर राजपुर नगरपालिकामा आजबाट सुरु भएको हो ।
देशभरीका सम्पुर्ण नगरपालिका गाउँपालिकामा दर्ता शिविर भैइरहेकोमा राजपुर नगरपालिकामा पनि ब्यक्तिगत घटना दर्ता शिविर आज देखि सुरु भएको हो ।
राजपुर नगरपालिकाको वडा नं।१ पिप्रा भगवानपुरमा आयोजित उद्घाटन कार्यक्रममा नगर प्रमुख मो सकिल अख्तर ले औपचारिक रुपमा उद्घाटन गरि दर्ता शिविर सुरु भएको हो ।
मेयर मो सकिल अख्तरले सामाजिक सुरक्षा, गुनासो दर्ता, ब्यक्तिगत घटना दर्ता गर्न छुटेका साथै सामाजिक सुरक्षाको लागी उमेर पुगेका लाभग्राहीहरूले शिविरमा आई दर्ता गर्नुहुन अनुरोध गरेका हुन् ।
लगभग एक महिना सम्म चल्ने यो शिविर नपाको प्रत्येक वडाको फरक फरक तीन ठाउँमा तीन दिन सम्म चल्ने आयोजक पक्षले जानकारी दिए ।








