लमजुङ — जुवा खेल्दै गरेको अवस्थामा लमजुङ प्रहरीले बेंसीसहर नगरपालिका ८, भीमसेनस्थान चोकबाट ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

उनीहरूको साथबाट २ लाख १८ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार शुक्रबार राति साँढे १० बजेतिर उनीहरूलाई पक्राउ गरिएको हो । ‘पक्राउ परेकामा ३ जना पुराना (पेशेवर) जुवाडे देखिए । ५ जना नयाँ छन्’ उनले भने ।

उनीहरूको साथबाट १६ गोटी कौडा बरामद गरिएको डीएसपी कार्कीले बताए । राति पक्राउ परेका उनीहरूलाई प्रहरी कार्यालयमा राखेको र शनिबार सार्वजनिक बिदा भएकाले म्याद थप गर्न बाँकी रहेको उनले बताए ।

आइतबार कार्यालय खुलेपछि प्रशासन कार्यालयबाट म्याद थप गरी थप अनुसन्धान गरेर उनीहरूविरुद्ध मुलुकी अपराध संहिता जुवा सम्बन्धी कसुर अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धान थालेको भन्दै उनीहरूको नाम भने सार्वजनिक गरेको छैन ।

उनीहरूको जिल्ला अस्पतालबाट स्वास्थ्य परीक्षण गरेर राखिएको छ । जुवाडेहरू केही सामाजिक तथा सेवामूलक संघसंस्थासँग जोडिएका व्यक्तिसमेत रहेको प्रहरी स्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here