चैत १९ एजेन्सी । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा इटालीले लगातार तेस्रो जित हात पारेको छ । बुधवार राति भएको खेलमा इटालीले लिथुनियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

लिथुनियाको मैदानमा खेलको ४८ औं मिनेटमा स्टेफानोस सेन्सीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।त्यसपछि खेलको इन्जुरी समयमा सिरो इम्मोबाइलले गोल गर्दै इटालीलाई २-० को जित दिलाए ।

जितसँगै समूह सी को इटालीले ३ खेलमा ९ अंक जोडेको छ ।इटाली शीर्ष स्थानमा कायम रहेको छ । लिथुनिया अंकविहीन रहदै पुछारमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here