चैत १९ एजेन्सी । फ्रान्समा कोरोना संक्रमण नियन्त्रणका लागि फेरि देशभर लकडाउन लागू गरिएको छ। फ्रान्सेली राष्ट्रपति इमान्युल माक्रोनले अप्रिल ३ देखि ४ हप्तासम्म लकडाउन गर्ने घोषणा गरेका हुन्।
यसअघि पेरिस र केही स्थानमा खुकुलो लकडाउन लागू थियो। माक्रोनले सबै फ्रान्सेलीहरुलाई अहिले आोफूहरुलाई घरभित्रै बन्द गर्नुपर्ने अवस्था नरहेको भन्दै बाहिर सम्पर्क कम गरे धेरै हदसम्म संक्रमण नियन्त्रण हुने बताएका छन्।
‘हामीले हामीलाई घरभित्रै बन्द गर्नुपर्दैन तर बाहिर अरुसँगको सम्पर्क भने कम गर्नुपर्छ,’ अहिले नै कडा कदम नचाले फेरि संक्रमणलाई नियन्त्रण गर्न नसक्ने भन्दै माक्रोनले भने।उनले अप्रिल २६ सम्म सबै विद्यालय र डे केयर सेन्टर समेत बन्द हुने घोषणा गरे।
यसपटकको लकडाउन पहिला झै कडा प्रकृतिको भने हुनेछैन। एउटा फ्रान्सेली क्षेत्रबाट अर्को क्षेत्रमा यात्रा गर्न रोक लगाइएको छ भने ७ बजेपछिको कर्फ्यूलाई देशभर लागू गरिएको छ।
बुधवारसम्म फ्रान्समा ४६ लाख भन्दा बढीमा संक्रमण पुष्टि हुँदा ९५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। फेब्रुअरी यता फ्रान्समा संक्रमणको गति बढ्दो छ।







