बारा, २७ फागुण ।
बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा न. २५ को इनरवारी टोलका ५५ घरधुरीलाई आज ग्यास सिलिन्डर सहित चुल्हा बितरण गरिएको छ । महिलाहरुलाई धुवा तथा स्वास सम्बन्धि रोगहरुबाट बचाउनको लागि ग्यास सिलिन्डर सहित चुल्हा बितरण गरिएको छ ।
ग्यास सिलिन्डर तथा चुल्हा पाएपछि महिलाहरुले खाना पकाउनका लागि दाउराको जोहोमा खेर गइरहेको समय अरु काममा सदुपयोग गर्ने पनि बताइन् ।
यस्ता सराहनीय कार्यको लागि महिलाहरुले नगर प्रमुख यादवलाई बधाई दिए । बितरण कार्यक्रममा अध्यक्षता वडा अध्यक्ष राजेश्वर शवर्णकार र प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादब को रहेको थियो ।
कार्यक्रममा वडा सदस्य धर्मराज दुबे, शुसिला दुसादिन सरफुनेसा खातुन वडा सचिव हरदेव प्रसाद कानु, सहायक वडा सचिव मोहन साह लुमन्ती आवशको लागि सहयोग समुह कलैया का सहजकर्ता अनिल मण्डलको उपस्थिति रहेको थियो ।








