रौतहट ६ चैत ।
सप्तरीमा ट्रकको ठक्करबाट एक जना ट्याक्टर चालकको मृत्यु भएको छ । सप्तरीको कंचनुरुप नगरपालिका वडा न।–११ स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चित तर्फ जादै गरेको ना।६ ख।३४२५ नम्बरको ट्रकले सोही दिशाबाट जादै गरेको ना.६ त.६१९९ नम्बरको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।
मृत्यु जानेमा ट्याक्टर चालक जिल्ला बारा दक्षीण झिटकैया वडा न. ०८ बस्ने बर्ष ३५ को जलिल मियाँ मन्सुरी रहेका छन् ।
ठक्करबाट गम्भीर मन्सुरको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा मृत्यु भएको हो
ट्रक प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार रहेको खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।








