वीरगञ्‍ज २९ फागुण।
वीरगञ्‍जबाट अवैध लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको झुले गाउँपालिका–२ घर भई चितवन टाँडी नगरपालिका २ बस्ने २० वर्षीय सुरज कार्की र मकवानपुर हटौडा उपमहानगरपालिका ३ बस्ने ३५ वर्षीय विकाश लामा छन् ।
वीरगञ्ज महानगरपालिका २१ परवानीपुर चोकस्थित सडकमा वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बसमा चेकजाँच गर्ने क्रममा शरीर खानतलासी गर्दा ज्याकेटको खल्तीबाट नाइट्रोभेट ट्याबलेट ५ पत्ता अर्थात ७५ पिस फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी वीरगञ्ज १६ इनर्वा भन्सार मुख्य गेटमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जको टोलीले नियमित सवारी चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको ना ४४ प २६५७ नं को स्कुटी खानतलासी गर्दा चालक विकास लामाको साथबाट लागु औषध भेटिएको प्रहरीले जनाएको छ । स्कुटीबाट लागुऔषध विनसिरेक्स १ सय एमएलको २४५ बोतल र नाइट्रोभेट ट्याबलेट ५ पत्ता अर्थात ७५ पिस बरामद भएको प्रहरीले जनाएको छ ।
दुवैजनालाई लागुऔषधसम्बन्धी कसुर मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here