रौतहट,७ फागुण ।
रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नं.६ मा हुन लागेको विष्णु महायज्ञको तयारी ७५ प्रतिशत पूरा भएको छ ।


तत्कालीन धर्मपुर गाविस र हाल गढीमाई नगरपालिकाको ईतिहासमा पहिलोपटक हुन लागेको विष्णु महायज्ञको तयारीको कार्य तिब्रगतिमा भई रहेको उक्त वडाका अध्यक्ष रामसिहासन यादवले बताउनु भयो ।


फागुन १९ गतेबाट ऐतिहासिक रूपमा आफ्ना नगरभित्र हुनलागेको महायज्ञको तयारीबारे अवलोकन गर्न पुग्नु भएका नगर प्रमुख श्याम प्रसाद यादवले सदैव यो गाउँ धर्म र आस्था माथि विश्वास राख्ने भएकाले विशाल यज्ञको आयोजना गरिरहेको बताउनु भयो ।


नगरप्रमुख यादवले जिल्ला तथा विभिन्न गाउँ र आस्था भएका भक्तजनहरुको सहयोगमा महायज्ञ हुन लागेको र बाकी आफुहरुले पनि सके जति सहयोग गर्ने मनसाय बनाई तयारीको अवस्था हेर्न आएको बताए ।


तयारीको अवस्थालाई हेर्दा अति नै राम्रो रहेको ७५ प्रतिशत भन्दा बढी तयारी भई सकेको जनाए ।
महायज्ञ गराउन धर्मपुर आउनु भएका आचार्यले यज्ञ कलश यात्राबाट आरम्भ भई मन्त्र उचारणबाट अग्नि प्रजवलन गराई जाप कार्य लगायत विधिविधान अनुसार गरिने बताउनु भयो ।


धर्मपुरको रामजानकी मन्दिरमा विगत २ वर्ष देखि बस्दै आउनु भएका विष्णु महायज्ञ आयोजन कमिटीका बाबाले आफ्नो मनमा भगवानले उत्सुकता जगाउनु भएको र वहाँ कै प्रेरणाले यज्ञको आयोजना गर्न लागेको बताउनु भयो ।
श्री श्री श्री १०८ बाबा श्यामसुन्दर दासका नामले प्रख्यात रहनु भएका बाबाले यज्ञमा वडाका अध्यक्ष तथा नगरका प्रमुख लगायत सबैको अति सराहनीय सहयोग रहेको समेत बताए ।
फागुन १९ बाट आरम्भ हुने विष्णु महायज्ञ ९ दिन नवाह गरि जम्मा ११ दिन संचालन हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here