रौतहट ७,फागुण ।
रौतहट जिल्लाको गुजरा नगरपालिकामा बनेको चार कोठे स्वास्थ चौकी भवनको उद्घाटन गरिएको छ । जिल्लाको गुजरा नगरपालिका वडा ३ मा बनेको स्वास्थ चौकी भवनको सोहि नगरपालिकाका नगर प्रमुख संतलाल चौधरीले उदघाटन गर्नु भएको हो ।वडा को जनश्रमदान सहित कुल ३८ लाखमा निर्मित चारकोठे स्वास्थ चौकी भवनको बिहिवार एक समारोह बीच मेयर चौधरीले उद्घाटन गर्नुभएको संजय मिश्रले बताउनुभयो।
भवनमा अगामी सोमबार देखि सेवा सुरु हुने स्वास्थ उपसंयोजक बिनोद कुमार जयसवालले बताउनुभएको छ ।







