रौतहट, ७ फागुन ।
निर्माण कार्यको जिम्मा पाएको आश्रय जेभीले सरकारले दिएको समय अगावै कार्य सम्पन्न गरेको छ ।
रौतहटको मौलापुर नगरपालिका अन्र्तगत पर्ने अजगैवी रोड एण्ड नाला निर्माण कार्य १६ मई २०२१ मा सम्पनन गर्नु पर्नेमा समय अगावै १ नोभेम्बर २०२० मै साढे ६ महिना अगाडी नै कार्य सम्पन्न गरेको हो।

सघन शहरी तथा भवन निर्माण पर्सा विरगन्ज अन्र्तगतको बजेटबाट निर्माण कार्यका लागि रमन र आश्रयलाई सयुक्त रुपमा कार्य जिम्मेवारी दिएको थियो । विश्व नै कोरोना भाइरस कोभिड १९ को चपेटामा रहेको बेला रमन आश्रमले यसरी साहसका साथ समय अगावै कार्य गरको र अगामी दिनहरुमा अन्य योजनाका कार्यहरु प्रगतिमा राखेको भन्दै सघन शहरी तथा भवन निर्माण पर्साका निमित आयोजना प्रमुख रंजन कुमार दासले आश्रय निर्माणका प्रोजेक्ट मैनैजर अजय कुमार गुप्तालाई समयमा स्तरिय कार्य सम्पन गरेको भन्दै प्रमाण प्रदान गरेका छन् ।

आश्रय निर्माण देशका अन्य भागहरुमा स्तरिय कार्य गरि समयमा सरकारबाट प्रमाणहरु प्राप्त गरेको र आफुहरुको मुख्य कार्य नै सरकारले दिएको कार्यलाई स्तरिय र गुनात्मक गरि सरकारलाई हस्तान्तरण गर्ने रहेको प्रोजेक्ट मैनैजर गुप्ताले जानकारी दिनु भयो । आश्रय निर्माणले नै रौतहटका अन्य स्थानिय निकायहरुमा पनि शहरी विकास योजनाका कार्यहरु संचालनमा राखेका छन् ।









