रौतहट ७ फागुण।
रौतहट जिल्लाको गढीमाइ नगरपालिकामा एक कार्यक्रमका साथ विभिन्न पार्टी परित्याग गरि नेपाली काग्रेसमा प्रबेश गरेका छन । नेपाली काग्रेस गढीमाइ नगरपालिकाको वडा नम्बर ३ को आयोजनामा नेपाली काग्रेसका केन्द्रिय उपसभापति विमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा शुक्रबार विहान सो कार्यक्रम सम्पन्न भएको हो ।
पार्टी प्रबेश कार्यक्रममा हजारौं संख्यामा समाजवादी जनता पार्टी र नेकपा पार्टीका नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रबेश गरेका थिए । नव प्रबेशीहरुलाई न्पाली काग्रेसका केन्द्रिय उपसभापति विमलेन्द्र निधि र रौतहट जिल्ला सभापति कृष्ण प्रसाद यादव तथा प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमिल्सिना लगायतले संयुक्त रुपमा माला र टीका लगाई पार्टी प्रवेश गराउनु भएको थियो ।








