रौतहट ७ फागुण ।
रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबारबाट मेयर कप राष्ट्रिय कराते प्रतियोगीता शुरु भएको छ ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ स्थित तुलसीलाल अमात्य खेल मैदानमा शुक्रबारबाट सो प्रतियोगीता शुरु भएको हो ।
चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले प्रतियोगीताका निर्णयकलाई खेल सामग्री हस्तान्तरण गरि प्रतियोगीताको विधिवत रुपमा उद्घाटन गरिएको छ ।
चन्द्रपुर नगरपालिकाको सहयोगमा मुलुकमा ७ ओटै प्रदेशका खेलाडीहरुसहित आयोजक रौतहटको टिम गरि ८ समुहको सहभागीता रहेको सो प्रतियोगीता शनिबारसम्म सञ्चालन हुने नेपाल सितोरिया कराते संघ रौतहटका अध्यक्ष अशोक कुमार पहाडीले बताउनु भयो ।
प्रतियोगितामा हरेक जिल्ला छनौट हुदै प्रदेश छनौट भएर आएका पुरुष कराते खेलाडीहरुको सहभागिता रहने नेपाल सितोरियो कराते संघ रौतहटका कोषाध्यक्ष भिम पहरीले बताउनु भयो । पुरुष २५,३०,३५,४०,४५,५०,५५,६०,६५ किलो तौल समुह र एकल काताको खेल भइरहेको बताइएको छ । प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद ३ हजार दोस्रो हुने नगद २ हजार र तेस्रो हुने खेलाडीले नगद एक÷एक हजार प्रप्त गर्ने छन । हरेक तौल समुहमा प्रथम ,द्धितिय र तृतिय हुने खेलाडीले नगद पुरस्कर ,मेडल तथा प्रमाणपत्र पाउने बताइएको छ । कार्यक्रममा नगर प्रमुख रामचन्द्र चौधरी , उपप्रमुख रामरति चौधरी , नगर कार्यपालिका सदस्य काजीमान माझी लगायत खेलाडीहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here