महोत्तरी ७,फागुण ।
आफ्नै बुहारीको हत्या गरी फरार भएका एक प्रतिवादीलाइ महोत्तरी प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महोत्तरीको साविक महदैया तपनपुर गाविस ५ बस्ने ५२ वर्षीया शंकर सहनी छन्। बुहारी हत्याको अभियोगमा जिल्ला अदालतबाट २० वर्ष कैद सजाय सुनाइएपछि सहनी फरार हुँदै आएका सहनीलाई लोहारपट्टी नगरपालिका(३ महदैया नजिकैबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टका अनुसार पक्राउ परेका सहनीलाई अदालतमा पेस गरिएको छ ।
शंकरले आफ्नै छोरा राजु सहनीकी पत्नी विना देवी सहनीलाई घरायसी विवादका कारण बिष खुवाई घाँटी थिचेर हत्या गरेको अभियोगमा अदालतले कैद सुनाएको थियो ।
प्रहरीका अनुसार २०६४ साल भदौ १३ गते ससुरा शंकर सहनी, सासु चन्दर देवी, देवर राजकुमार सहनी, छिमेकी बली साह र शंकर साह मिलेर विनाको हत्या गरेका थिए ।
यसमध्ये ससुरा शंकर, ससुरा चन्दर देवी, छिमेकी शंकर साहलाई २० वर्ष कैद र मृतकको देवरलाई १५ वर्ष कैद तथा ३० रुपैयाँ जरिवाना तोकिएको छ ।
यसमध्ये छिमेकी बलीको मृत्यु भइसकेको र शंकरलाई गत माघ १८ गते पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ । यो घट्नामा अदालतबाट कैद सुनाइएकामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेपनि अन्य भने अहिलेसम्म फरारै रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here