रौतहट २२ माघ ।
रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ ले आज जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग तथा दुष्टिबिहीनहरु लाई सम्मान तथा सामान बितरण कार्यक्रम गरेका छन् । जनज्योति बहुमुखी क्याम्पसको कक्षा कोठामा तीन सय जना लाई सम्मानकार्यक्रम सम्पन्न गरिएको हुन् । सम्मान कार्यक्रममा चन्द्रपुर नगरपालिकाको सामाजिक बिकास फाँटका सभापति सरस्वती खुलालले नगर भित्र बसोबास गर्ने जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग तथा दुष्टिबिहीनहरु लाई सम्मान गरिदै आएको जनकारी दिनुभएको हो । चन्द्रपुर नगरपालिका वडानम्बर ६ का अध्यक्ष खडक कुश्वारको सभापतित्वमा भएको सो कार्यक्रमको संचालन गोपाल हुमागाईले गर्नु भएका हुन् । कार्यक्रममा नेपाली काग्रेसका गीता भारती, चन्द्रपुर नगरपालिकाको वडानम्बर ६ का वडासदस्य दाल लक्ष्मि चौलागाई, मन्जु बिकको आतिथ्यतामा सम्मपन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here