रौतहट २२ माघ ।
नेकपा माधव–प्रचण्ड समुहले आवहन गरेको आम हड्तालको क्रममार बिहानसम्म रौतहटमा ६ जना लाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाको टोलीले बन्द गराउँदै हिडेका सो समुहका नेताहरु बिपिन जैसवाल, शेख कलि मुल्लाह, श्याम नन्दन सहनी, ननिपत सहनी, शेख सद्दाम र शेख कौशरलाई नियन्त्रणमा लिएको कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक राम राज केशरीले जानकारी दिएका छन् । उनका अनुसार उनीहरुले प्रहरीको अनुरोधलाई बेवास्ता गर्दै जवरजस्ती सडकमा टायर बालेको, राजमार्ग अवरुद्ध गर्न खोजेको, खुलेका पसलहरुलाई जवर जस्ती बन्द गर्न लगाएर शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै पक्राउ गरिएको केक्रीले बताए ।पक्राउ परेहरुलाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ । नेकपा माधव–प्रचण्ड समुहका जिल्ला संयोजक युवराज भट्टराइ ‘समिर’ले आफुहरुले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेर आफ्ना नेताहरुलाई गिरफ्तार गरेको भन्दै उनीहरुलाई निःशर्त रिहा गर्न माग गर्दै प्रहरी दमनमा उत्रिए आफुहरु पनि कडा प्रतिकारमा उत्रने चेतावनी दिएका छन् ।
उनीहरुले चन्द्रनिगाहपुर स्थित पूर्व–पश्चिम राजमार्गमा बसेर राजमार्ग अवरुद्ध गरेका हुन् प्रधानमन्त्री ओली विरुद्ध चर्का नारावाजी लगाएका थिए। उनीहरुले जिल्ला सदरमुकाम गौर, गरुडा, चन्द्रनिगाहपुर, कटहरिया, मौलापुर लगायतका स्थानहरुमा प्रदर्शन गर्दै बन्द सफल पार्न आग्रह गरेका हुन् ।बन्दको क्रममा कुनै अप्रिय घटना हुन नदिन ठुलो संख्यामा सुरक्षकर्मी परिचालन गरिएको छ ।








