रौतहट, २१ माघ ।

रौतहटको पाँच वटा पालिकामा खैल मैदान निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयले बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७।०७८ बाट निर्माण कार्य आरम्भ गर्न मन्त्रालयले रौतहटको चन्द्रपुर नगरपालिका, राजदेवी नगरपालिका, इशनाथ नगरपालिका, बृन्दावन नगरपालिका र देवाही गोनाही नगरपालिकालाई बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सम्बन्धित पालिकाहरुले माँग गरेको अधारमा ७० प्रतिशत मन्त्रालयबाट र ३० प्रतिशत सम्बन्धित पालिकाबाट व्वर्होने गरि चन्द्रपुर नगरपालिकालाई ३२ करोड १६ लाख ४५ हजार ७ सय ९१, राजदेवी नगरपालिकालाई ३ करोड ६६ लाख ३० हजार ६ सय ४२, इशनाथ नगरपालिकालाई ६ करोड ७४ लाख ८१ हजार ३ सय ८४, बृन्दावन नगरपालिकालाई ६ करोड ७० लाख ३४ हजार २३ र देवाही गोनाही नगरपालिकालाई २ करोड २९ लाख ४२ हजार ३ लागतमा निर्माण हुने भए पनि यस आर्थिक वर्षमा भन्ने ३०।३० लाखका दरले रकम पठाउने निर्णय भएको जानकारी गराएको छ । रौतहटमा रहेको १८ पालिकाहरु मध्ये यी पालिकाहरुका लागि मन्त्रालयले खेलकुद विकासका लागि रकम विनियोजन गरे पछि स्थानियस्तरमा रहेका नेता तथा नेता नजिकका व्यक्तिहरुले आ आफना समाजिक संजालमा आफुहरुले नै सो बजेट ल्याएको भन्दै प्रचार प्रसार गरिरहेको पाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here