रौतहट, २१ माघ ।
सहायताको रकम नदिएको भन्दै रौतहटको वृन्दावन नगरपालिकामा स्थानीयबासीहरुले तालाबन्दी गरेका छन । नगरपालिका भित्र रहेका स्थानियबासीहरुले आर्थिक सहायता रकम नदिएको भन्दै ताला बन्दी गरेको बताएका छन् । स्थानियबासीका अनुसार प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव र लेखापाल सिताराम पालले पटक पटक बोलाए पनि सहयोग रकम नदिएकोले आफुहरु आर्जित भई नगरपालिकामा तालाबन्दी गरेको आरोप लगाएका छन् ।
स्थानियहरुले नगरपालिकाको मुलगेटमा लगाएको तालाबन्दीका कारण नगरपालिकामा कार्य गर्न आमएका करिब २० जना कर्मचारी घण्टौं देखि कार्यालय परिसरमै थुनिएका छन । संचारकर्मी प्रेमचन्द्र झाले नगरपालिकामा स्थानियद्धारा गरिएको तालाबन्दी बारे नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र राय यादवसंग फोन सम्र्पक गर्न खोज्दा निमित प्रमुख यादवले फोन रिसिभ नभएको आफनो समाजिक संजाल मार्फत जानकारी गराएका छन् ।








